koro

एक हजार ९१८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं, ६ साउन । पछिल्लो २४ घण्टामा एक हजार ९१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

koroपछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ७१५ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, तीन हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ४७५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com