opendra yadav

जसपा विवादको मुद्दाको सुनुवाइ भोलिदेखि

काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टीको आधिकारिकता विवादसम्बन्धी परेको मुद्दाको सुनुवाइ भोलि बिहीबारदेखि हुने भएको छ ।

opendra yadavसाउन ३ गतेदेखि निर्वाचन आयोगको इजलासमा जसपाको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको थियो । आयोगले आइतबार दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको थियो भने जसपा विवदा हेर्दाहेर्दैमा राखिएको थियो ।

प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासमा आइतबार निवेदकको पक्षबाट बहस भएको थियो । अर्को पक्षले जवाफ बहस शुरु गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दिएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com