photo

दाङमा बाघको छालासहित दुई जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ६ साउन । दाङमा प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

photoपक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिका ९ बस्ने ३२ वर्षिय रामबहादुर दमाइ र रुकुम पश्चिम मुसिकोट नगरपालिका १० चौखावाङ बस्ने ५४ वर्षिय पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

उनीहरुलाई आज बुधवार विहान करीव साढे ३ बजेको समयमा घोराही उपमहानगरपालिका ३ गोग्लीबाट पक्राउ गरिएको हो । गजराज लेखिएको सिमान्टको बोरामा बाघको छाला हालेर हिडिरहेको वेलामा प्रहरीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुबाट ५ फिट २ इञ्च लम्बाइ र १ फिट ४ इञ्च चौडाइ भएको बाघको छाला बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com