oli_madhav

ओलीले अध्यक्ष छाडेमात्रै एकता प्रक्रिया अघि बढ्छ : नेपाल समूह

काठमाडौँ, ६ साउन । विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति प्रस्तावलाई अस्वीकार गरेको एमालेको असन्तुष्ट समूहले एकताका लागि पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा आउनुपर्ने नयाँ सर्त अघि सारेको छ ।

oli_madhavप्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर एकताको प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदसँग मंगलबार छलफल गरेका थिए ।

छलफलमा ओलीले अध्यक्ष पद छाडेमात्रै पार्टी एकता प्रक्रिया अगाडि बढ्ने धारणा सांसदहरुले राखेका हुन् । ‘तपाईंले पार्टी एकता गर्न चाहनुहुन्छ, अझै पनि लोकतन्त्रलाई बचाउन चाहनुहुन्छ भने मार्गप्रशस्त गर्नुस् । तपाईंले पार्टी अध्यक्ष छोड्नुस्,’ झाँक्रीले भनिन्, ‘त्यसले नेकपा एमाले एकताबद्ध पनि हुन्छ । र, हामी नयाँ ढंगले अगाडि जान सक्छौं । होइन भने हामीसँग पटक(पटक बदलाको भावना राखेर हुँदैन ।’
यसअघि नेपाल समूहले एकताका लागि ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने सर्त राख्दै आएको थियो । असार २८ मा सर्वोच्च अदालतले प्रतिनिसधसभा पुनस्स्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै ओली पदमुक्त भएका थिए । ओलीले प्रधानमन्त्री पद गुमाएसँगै एमालेको नेपाल समूहले एकताका लागि पार्टी अध्यक्ष छाड्नुपर्ने सर्त सारेको हो । बैठकमा नेपालले भने ओलीका गतिविधि हेरेर सामूहिक रुपमा आवश्यक निर्णय लिइने बताएका थिए कान्तिपुरमा खबर छ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com