buspark

तुलसीपुर बसपार्कको ठेक्का प्रक्रिया अलमल

दाङ, ६ साउन । दाङको तुलसीपुरमा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका लागि ठेक्का प्रक्रिया अलमलमा परेको छ ।

busparkतीन वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क सोहि समयदेखि नै सञ्चालनमा आएको थियो । निर्माण सम्पन्न भए लगत्तै टेण्डरमार्फत दिइएको बसपार्क सञ्चालन ठेक्का दुई वर्षमा रद्द भएपछि अहिले सञ्चालन ठेक्का अलमलमा रहेको छ ।

बसपार्क पहिलो ठेक्का भएर निर्माण सम्पन्न भएको दुईवर्ष बितिसक्दा पनि वैधानिक रूपमा सञ्चालन हुन सकेको छैन । तुलसीपुर उपमहानगरले राजस्व संकलन, बसपार्कको उचित व्यवस्थापनका लागि ठेक्का प्रकृयामार्फत बसपार्क सञ्चालन गर्ने प्रयास गरेपनि उपमहानगरको प्रयास सफल हुन सकेको छैन ।

उपमहानगरपालिकाले बसपार्क सञ्चालनका लागि आर्थिक वर्ष ०७५र७६ मा ठेक्का आह्वान गरेको थियो । उपमहानगरपालिकाले वार्षिक एक करोड एक लाख शुल्क उपमहानगरपालिकालाई बुझाउने गरी आह्वान गरेको ठेक्काको जिम्मा बुढाथोकी ट्रेड एण्ड सप्लार्यसले पाएको थियो ।

ठेक्का सम्झौता अनुसार उपमहानगरले पूर्वाधार पूरा नगरेको भन्दै, कम्पनीले उपमहानगरलाई समयमै रकम नबुझाउँदा र नविकरण नगर्दा उक्त ठेक्का सम्झौता रद्द गरिएको तुलसीपुर उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख भिमबहादुर खत्रीले जानकारी दिए । उपमहानगरले उक्त कम्पनीसँग प्रत्येक वर्ष हिसाव मिलान र नविकरण गर्ने गरी पाँच वर्षको लागि ठेक्का सम्झौता गरेको थियो । तर ठेक्काका लिएको कम्पनीले एक आर्थिक वर्षको मात्रै हिसाव बुझाएपछि ठेक्का रद्द गर्नुपरेको उनको भनाई छ । प्रदेश टुडेबाट

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com