1

व्यवसायीहरुलाई खोपको व्यवस्था गर्न माग

इन्द्रेणी संवाददाता
दाङ, ५ साउन । नेकपा एमाले निकट उद्योग व्यावसाय विभागले व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ ।

1विभागका प्रमुख नारायण प्रसाद भुसालले एक विज्ञप्ति जारी गरी व्यवसायीहरुले पनि कोरोना महामारीको समयमा आफ्नो स्वास्थ्य जोखिम राखेर उपभोक्ताहरुलाई दैनिक उपभोग्य समाग्रीलगायत सामग्रीहरु गराउनेदेखि कोरोना जोखिम नियन्त्रणमा आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेकाले खोपको व्यवस्था आग्रह गरेका हुन् । विज्ञप्तिमा चाडोभन्दा चडो व्यसायीलाई पनि खोप लगाउने व्यवस्था गर्न माग गरिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com