maoist_meeting

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताले भेटे विप्लवलाई

इन्देणी संवाददाता 

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूसँग भेटवार्ता गरेका छन्। विप्लवले टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहसँग भेट गरेका हुन्।

उनीहरूबीच ललितपुरको धापाखेलस्थित लेखराज भट्टको निवासमा करिब ३ घण्टा छलफल भएको थियो। भेटमा कम्युनिस्ट आन्दोलन र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको एक नेताले जानकारी दिए।

पछिल्लो केही दिनयता विप्लवले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसँग भेट गरेका थिए।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com