cabii

पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज

काठमाडौं, ३ साउन । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आइतबार अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी थिइन्। आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ। यीमध्ये बजेट सम्बन्धी ३ अध्यादेश थिए।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com