ddd

राप्ती साहित्य परिषद्को एकल रचना वाचन

दाङ, १२ असार । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले ६६ औं शृङ्खलामा नियमित एकल रचना वाचन एवं कविता विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।

dddपरिषद् दाङ शाखाले भर्चुअल माध्यमबाट सप्तरङ्गी अक्षरयात्रा २०७८ को चौथो कार्यक्रम अन्तर्गत एकल रचना वाचन एवं कविता विमर्श कार्यक्रममा कवि, समालोचक डा नेत्र एटमले रचना वाचन गर्नका साथै कविता विमर्श गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ कवि, संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । एकल रचना वाचनमा वाचचित रचनाहरूको समीक्षा कवि, कथाकार, समालोचक शान्ति शर्माले गर्नु भएको थियो भने डा नेत्र एटमको गजलमा संगीत विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठ र गायन अमृत भण्डारी दिएको गजल विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा देशका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय रूपमा समेत सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि, संस्कृतिविद् तुलसी दिवसले ब्यानर उच्चारण गरि कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका थिए । एकल रचना वाचन एवं कविता विमर्श कार्यक्रममा परिषद् दाङ शाखाका सहसचिव प्रबल बिष्टले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com