kalpana sharma

कोरोनाको हटस्पट नेपालगञ्ज र मेरो कोरोना अनुभव

कल्पना शर्मा

विश्वमा कोरोनाको दोस्रो लहर चलेसंगै नेपालमा पनि कोरोनाको दोश्रो लहर भित्रियो । दोश्रो लहर  भित्रिएको केही समयमै नेपालगञ्ज देशकै कोरोना संक्रमितको हटस्पट बन्यो । कोरोनाले केहि समय नेपालगञ्जलाई हल्लाईदियो । मानिसहरुको जीवनमा कोरोना आतंकले कालो बादल मडारिन थाल्यो । कतिपय मानिसलाई नेपालगञ्ज छोडेर अन्त्यै सुरक्षित ठाउँ जाने भागदौड पनि नचलेको हैन ।

तर त्यति गार्हो अवस्थामा पनि कोभिड-१९ महामारी बिरुद्ध नेपालगञ्ज फलामे किल्ला बनेर लडिरह्यो । जसको नेतृत्व नेपालगञ्जका प्रशासक, उपमहानगरपालिका, स्वास्थ्य क्षेत्रको खम्बा भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र व्यबस्थापन समिति लगायत सम्पुर्ण स्वास्थ्यकर्मिहरुले आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो ।

नेपालगञ्जमा कोभिड-१९ को आधिबेहरी आउँदा म पनि त्यसबाट टाढा रहन सकिन । त्यसैले मेरा केहि अनुभुति यस लेख मार्फत व्यक्त गर्न चाहन्छु । नयाँ बर्ष २०७८ साल हर्षउल्लाहका साथ प्रवेश गर्यो । अगाडिको बर्षमा कोरोनाका कारण मानिसहरुको जीवन संकटग्रस्त भैरहेको थियो । उद्योग, व्यापार, बिद्यालय लगायतका क्षेत्रमा अपुरनिय क्षति पुग्यो । कोरोनाबाट बच्नको लागि गरिएको लकडाउनबाट मानिसहरु पीडित थिए । त्यसकारण २०७८ सालमा त्यस्तो नआओस भन्ने कामना सबैले नगरेका होइनन् । तर बिडम्बना भनौ बैशाख महिनाको पहिलो हप्तामा नै कोरोनाको दोस्रो लहर नेपालमा आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्यो ।

सो क्रममै नेपालगंजमा जब कोरोनाका बिरामिहरु बढ्न थाले त्यसपछि बैशाख १० गते देखि जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन गर्ने निर्णय गर्यो । त्यतिबेला यति धेरै बिरामि भए बैशाख ११ गते देखि जेष्ठ ११ गते सम्म अस्पतालमा बेड तथा अक्सिजन नपाउने सम्मको महामारी आईपुग्यो ।

मलाई पनि बैशाख १२ गते देखि हातखुट्टा दुख्ने, शरिरमा थकावट लाग्ने समस्या देखिन थाल्यो । पीडा अलि धेरै भईरहेको अनुभुति भयो, डर पनि लाग्यो । त्यस पश्चात १४ गते भेरी अस्पतालमा गई पिसिआर टेष्ट गरे र १६ गते पोजेटिभ भनि रिपोर्ट आयो । त्यसपछि म होम आइसोलेसनमा बसे । अनि घरेलु उपचार नै अपनाए । बिस्तारै बिस्तारै  मलाई निकै असजिलो महसुस भइसकेको थियो । समय समयमा घरमा आफैले ज्वरो, अक्सिजन चेक गरि रहन्थे । १७ गतेको दिन अक्सिजनको लेभल ८८-९० सम्म गयो । अक्सिजनको सिलिण्डर मिलिरहेको थिएन । भेरी अस्पतालमा गएर भर्ना हुनको लागि बेड पनि थिएन । झनै मेरो जीवन जोखिमपुर्ण बन्दै गयो तर भेरी अस्पतालका डाक्टर राजन पाण्डे सर संग फोन सम्पर्कबाट सल्लाह लिई औषधिहरुको प्रयोग गरिरहेको थिए ।

तर अक्सिजनको कमिले अप्ठेरो परिरहेको थियो । मेरा आफन्तहरुको प्रयासले अक्सिजन सिलिण्डर प्राप्त गरे । उक्त अक्सिजन प्राप्त भए पश्चाथत अक्सिजनको मात्रा ठिक हुँदै गएको थियो । म कोरोना लागेर छटपटाइरहेको अवस्थामा मेरो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएर आवश्यक परामर्स दिने र मलाई हौसला प्रदान गर्ने

आदरणीय डा.राजन पाण्डे ज्यु प्रति उच्च सम्मान प्रकट गर्दछु । जसले पिसिआर रिपोर्ट पोजेटिभ आएदेखि निरन्तर फोन सम्पर्कबाट सल्लाह सुझाव प्रदान गरि राख्नुभयो । सो समयमा राजन पाण्डे सर पनि कोरोना संक्रमित हुनु भएको रहेछ तर पनि जतिबेला फोन गर्दा नि रिसिभ गर्ने र आवश्यक सल्लाह दिईरहनु भयो । मेरो स्वास्थ्यमा पनि सुधार आउदै गयो । चिकित्सक भनेका त्यस्ता साक्षात् भगवान हुन् जसका कारण हजारौं बिरामीले पुनर्जीवन पाएका हुन्छन । मैले पनि कोरोनालाई परास्त पारेर आज पुनर्जीवन पाएको छु  । यसको श्रेय आदरणीय
डा.राजन पाण्डेलाई दिन चाहन्छु ।

त्यस्तै अक्सिजन नपाइरहेको र अस्पतालमा बेड नभएको अवस्थामा निकै मेहतन गरेर अक्सिजन उपलब्ध गराउने मेरा परिवारका सदस्यहरु प्रति पनि उच्च सम्मान गर्न चाहन्छु ।

यहि समयमा अक्सिजन ब्यबस्थापन नभएको भए म बाँच्ने कुनै सम्भावना थिएन । अक्सिजन उपलब्ध गराई पुर्ण जीवन दिने मेरा परिवारका सदस्यहरु प्रति आभार व्यक्त गर्न चाहन्छु ।

बिभिन्न माध्यमबाट हौसला प्रदान गर्नुहुने आफन्तजन, छरछिमेकिहरु, राजनीतिज्ञ तथा कार्यकर्ताहरु, उद्योगी तथा व्यापारी, वडा प्रहरी कार्यालय नेपालगंजका मित्रहरु लगायत सबैमा हार्दिक अभिबादन तथा धन्यबाद प्रकट गर्दछु ।

बिशेष गरी मेरा प्यारा छिमेकिहरु जसले म कोभिड संक्रमित भए देखि हेरबिचार गर्ने आलोपालो गरेर खाना तथा औषधिहरु ल्याईदिने काम गर्नुभयो, भने मुस्लिमहरुको रमजान पर्व चलिरहेको थियो मेरो बिरामि छिट्टै सन्चो होस भनेर मुस्लिम धर्मावलम्बिहरुले अल्लाह संग दुवा माग्नु भएको रहेछ । नेपालगंजका मानिसहरु सबै मिलेर एक अर्काको समस्यालाई सहयोग र समाधान गर्दै फेरी पनि प्रेरणा र सद्भावको शहर नेपालगंज बासि भनेर प्रमाण गर्न सफल भयो ।

मेरा छिमेकिहरुले जुन व्यवहार गर्नु भयो त्यसले नेपालगंज सद्भावको शहर र मानविय भावना प्रकट भएको पाईयो । मेरा छिमेकिहरुलाई धन्यबाद दिन चाहन्छु ।

अव बाँकि प्राप्त भएको नयाँ जीवन नेपालगञ्ज  र यहाँका बासिन्दाको सेवा गरेर बिताउने प्रण गर्दछु । बाँकि सबै मिलौ, कोभिड-१९ को चुनौतिको सामना गरौ ।

नेपालगञ्ज लगायत देशभरका सम्पुर्ण मृतक प्रतिक हार्दिक श्रद्दान्जली अर्पण गर्दछु । कोभिड १९ लाई जितेर बिजय हाँसिल गर्नु भएकका सम्पुर्ण कोरोना सबैलाई बधाई दिन चाहन्छु । हाल कोभिड संग लडिरहनु भएका बिरामिहरुलाई उच्च मनोबलका साथ सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

कल्पना शर्मा नेपालगञ्जका व्यापारी तथा समाजसेवि हुन् ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com