Dr Minchandra Adhikari

कोरोना बिरामीका सारथी डाक्टर मिनचन्द्र

केशरमान बुढाथोकी

विश्वमा दोश्रो लहरको कोरोना भाइरसको महामारी दिनानुदिन बढिरहेको छ । कोरोना भाइरसलाई निर्मुल पार्ने कुनै औषधि तथा उपचार बिधि अझै पत्ता नलाग्नु विश्व स्वास्थ्य क्षेत्रको चुनौती बनेको छ । तथापी कोरोना रोकथामका लागि भ्याक्सिनहरु भने आइरहेका छन् ।

यसै क्रममा कोरोना भाइरसको संक्रमण बढेका अधिकांस क्षेत्रका केहि स्वास्थ्यकर्मीहरु जागिर नै छोडेर बसेका छन् भने कार्यरत स्वास्थ्यकर्मीहरु पनि निकै चुनौतीका साथ काम गरिरहेका छन् ।

दाङमा पुलामो समय यता बिरामीको उपचारमा खटिएका एक जनरल फिजिसियन डाक्टर हुन् मिनचन्द्र अधिकारी । कोरोना महामारीको दोश्रो भेरियनका बेला मिनचन्द्रले दर्जनौं बिरामीको ज्यान जोगाएका छन् । कोरोनाका बिरामीका लागि कुनै पनि औषधि नभएपनि सामान्य त कोरोना भएका बिरामीहरुलाई कस्तो औषधि खुवाउदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने देखि लिएर कोरोना बिरामीको लक्षणका आधारमा बिभिन्न औषधिहरुको लिस्ट तयार पारेर प्रदान गर्ने डाक्टर मिनचन्द्रले औषधि उपचार गरेका बिरामीहरु छिट्टै सन्चो भएर घर फर्केका थुप्रै उदाहरण छन् ।

उसो त जति बिरामी आफु कहाँ आउछन सबैलाई मिजासिलो बोली बोलेर उपचार गर्ने डाक्टर मिनचन्द्रले उपचार गरेका बिरामीहरु ठुलो मन बनाएर घर फर्किने गरेका छन् ।

आफुले उपचार गरेका बिरामीहरुको स्वास्थ्य अवस्थाका बारेमा उपचार पछी पनि फ्लो गर्ने डाक्टर मिनचन्द्रको अर्को स्वाभाव हो । सम्भव भए सम्म उनले आफै बिरामी वा आफन्तलाई सम्पर्क गरेर स्वास्थ्य अवस्था बुझ्ने गरेका छन्  । यसो गर्दा बिरामीहरु डाक्टरको सम्पर्क मै निरन्तर रहन पाउँदा खुसि हुने गरेको बताउछन । कोरोना संक्रमणले छटपटाइरहेका बिरामीलाई उचित उपचारका लागि सल्लाह प्रदान गर्नु र आफै पनि आफ्नो ज्यानको कुनै प्रबाह नगरेर उपचारमा खटिएका डाक्टर मिनचन्द्र अधिकारी कोरोना संक्रमित बिरामीका सारथी बनेका छन् ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com