ghorahi

दाङमा असार १ गतेसम्म निषेधाज्ञा थपियो, दैनिक पसलहरु खुल्ने

इन्द्रेणी संवाददाता
दाङ, २५ जेठ । कोरोनाको जोखिम न्यूनिकरण गर्नका लागि दाङमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ ।

195295575_4167500460007914_7605372862218884095_nजिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको आज मंगलवार वसेको बैठकले असार १ गतेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको छ । बैठकले निषेधाज्ञाको समय थप गरेपछि पहिलेभन्दा केही खुकुलो गरेको छ ।

अब दैनिक सबै खालका पसलहरु विहान ६ बजेदेखि १० बजेसम्म खुल्न पाउने छन् । तर होटल, रेष्टुरेन्ट, खाजाघर, चिया पसल, शैलुन भने खुल्न पाउने छैनन् ।

त्यस्तै साताको दुई दिन खुल्दै आएका बैंक तथा वित्तिय संस्था अब दैनिक विहान १० बजेदेखि २ बजेसम्म खुल्नेछन् । त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिमीत कर्मचारीको उपस्थितिमा सरकारी कार्यालयहरु पनि खुल्ने छन् ।
जिल्लाका गएको बैशाख १७ गतेदेखि निषेधाज्ञा जारी छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com