197372029_283091833543496_5705598660948254714_n

चोरी मुद्दाका चार जना फरार अभियुक्त पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २५ जेठ । दाङ प्रहरीले चोरी मुद्दाका चारजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही १८ ढोडेनीका शान्ति सुनार, सन्तोषी नेपाली, चन्द्रकला सुनार र ज्योति दमाइ रहेका छन् ।

197372029_283091833543496_5705598660948254714_n उनीहरुलाई दाङ देउखुरी जिल्ला अदातलले २०७६ बैशाख ३० गते चोरी मुद्दामा जनही ५ हजार जरिवाना र ८ महिना ७ दिन कैद फैसला सुनाएको थियो । उनीहरुलाई घरमै लुकिछिपि वसको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पछि उनीहरुलाई जिल्ला अदालतमा बुझाइएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com