khop

आजदेखि ६० देखि ६४ वर्षका नागरिकलाई कोरोना विरुद्धको खोप

काठमाडौं, २५ जेठ । सरकारले आजदेखि देशभर ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन लागेको छ ।

khopकाठमाण्डौ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए ।

खोपको उपलब्धताका आधारमा काठमाण्डौ उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरकालाई खोप दिन लागेको पनि डाक्टर गौतमले बताए ।
६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने देखिएको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप भेरोसेल लगाउन सुरु गरिएको हो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com