kar

कर्णालीमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ

सुर्खेत, २३ जेठ । कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । मन्त्रीपरिषद विस्तारसँगै नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

karआइतवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसका दुई नेतालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शाहीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई र सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसीलाई नियुक्त गरेका हुन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com