deth-corona

तीन हजार २४ थपिए, छ हजार ६३६ निकोभए, ९९ जनाको मृत्यु

काठमाडौं, २३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार २४ जना सङ्क्रमित थपिएका छन् । दश हजार ४७१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

deth-coronaस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण सार्बजनिक गर्न आयोजना गरेको प्रेस ब्रिफिङमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख नाघेको छ ।

पछिल्लो १५ दिनमा मात्रै एक लाख सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कुल सङ्क्रमित छ लाख एक हजार ६९३ पुगेको बताए । वितेको २४ घण्टामा छ हजार ६३६ जना कोरोनामुक्त भएका छन् । वितेको २४ घण्टामा ९९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com