IMG_20210603_122107 (1)

करणी मुद्दाका फरार अभियुक्त प्रहरी नियन्त्रणमा

इन्द्रेणी संवाददाता
दाङ, २० जेठ । दाङ प्रहरीले महिलामाथि जवरजस्ती करणीका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

IMG_20210603_122107 (1)जिल्ला अदालत दाङबाट २०७६ मंसिर २६ गते जवरजस्ती करणीको मद्दामा सात वर्ष पाँच महिना ८ दिन कैद र दुई लाख २५ हजार जरिवाना फैसला सुनाईका घोराही ४ भकारे निवासी ८४ वर्षिय रामु केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

केसीलाई आफ्नै घरमा लुकिछिपि वसकोे अवस्थामा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । पक्राउपछि केसीलाई जिल्ला अदालतमा बुझाइएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com