ramesha

वडाध्यक्षमाथि प्रहरीद्वारा भएको दुव्र्यवहारको विरोधमा सबै वडा कार्यालयहरु बन्द

इन्द्रेणी संवाददाता
घोराही, १९ जेठ । दाङको घोराही उपमहानगरपालिकाले आफ्ना एक जना वडा अध्यक्षमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै आज एक दिनका लागि सबै वडा कार्यालय बन्द गरेको छ ।

rameshaघोराही उपमहानगरपालिकाका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेमाथी प्रहरीले दुर्व्यवहार गरेको भन्दै आज बुधवार एक दिन वडाको काम बन्द गरिएको हो । घोराही १५ रतनपुरका एक जना वडावासीले अक्सिजन सिलिन्डर खोजेर ल्याइदिन आग्रह गरेपछि अस्किजनको सिलिण्डर खोज्न हिडेका अध्यक्ष पाण्डेमाथि मंगलवार दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले दुव्र्यवहार गरेको थियो ।

वडाध्यक्षले आफू सवार स्कुटरका कागजात र वडा अध्यक्षको कार्ड (परिचय पत्र) देखाउदा देखाउदै पनि पास मागेर स्कूटर नियन्त्रणमा लिएको बताइएको छ । परिचयपत्र देखाउदा पनि आफूमाथी दुव्यवहार भएको अध्यक्ष पाण्डेले बताएका छन् । सवार स्कूटर नियन्त्रणमा लिएपछि अध्यक्ष पाण्डे अर्काे मोटरसाइकलको जोहो गरेर अस्किजनको खोजीमा हिडेका थिए ।

यता जिल्ला प्रहरी कार्यालय दाङले भने चेकजाँचका क्रममा एक प्रहरी निरीक्षकले वडाध्यक्षलाइ नचिनेर स्कूटर रोकेको प्रतिक्रिया दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले प्रहरीले नियतबस भन्दा पनि नचिनेर त्यो घटना घटेको र वडाध्यक्ष आफैमा सहयोगी भावना भएको र जिप्रकालाइ धेरै सहयोग गरेको पनि स्मरण गरे ।

वडाध्यक्ष पाण्डेमाथिको दुव्र्यवहारको उपमहानगरपालिकाका सबै वडाध्यक्षहरुले विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् । साथै विभिन्न राजनीतिक दलहरुले पनि उनीमाथिको दुव्र्यवहार निन्दनीय भएको भन्दै विरोध गरेका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com