193235339_181508847286776_1831554761097931608_n

महामारीका महानायक डाक्टर रोदन महरा

केशरमान बुढाथोकी

विश्वमा दोश्रो लहरको कोरोना भाइरसको महामारी दिनानुदिन बढिरहेको छ । कोरोना भाइरसलाई निर्मुल पार्ने कुनै औषधि तथा उपचार बिधि अझै पत्ता नलाग्नु विश्व स्वास्थ्य क्षेत्रको चुनौती बनेको छ । यसै क्रममा कोरोना भाइरसको संक्रमण बढेका अधिकांस क्षेत्रका केहि स्वास्थ्यकर्मीहरु जागिर नै छोडेर बसेका छन् भने कार्यरत स्वास्थ्यकर्मीहरु पनि निकै चुनौतीका साथ काम गरिरहेका छन् ।

यसै बेला महानायक भएर कोरोना संक्रमितहरुको दैलोमा पुगेर उपचार गर्न झुल्किए एक युवा डाक्टर गिर रोदन महरा । हसिलो चेहरा, खाइलाग्दो शरीर,औषत कदका डाक्टर महरा बिमारी संग निकै मिजासिलो भएर बोल्छन । उनि झोलामा पीपीइ, सेनेटाइजर, र मास्क बोकेर एका बिहानै निस्कन्छन् घरबाट ।

193024040_313999510172371_545122069525784898_n

सामान्यत भोलि कुन कुन ठाउँमा जाने कसकसको उपचार गर्ने उनले अघिल्लो दिननै सेडुअल तयार पारिसकेका हुन्छन् । त्यसमा अपर्झट आउने शिरियस बिरामीका फोनले उनको अघिल्लो सेडुअलमा केहि तलमाथी गराएको हुन्छ । अनि उनि पुग्छन क्रमसः बिरामीको दैलोमा ।

सेतो बस्त्र पीपीइ लगाएर बिरामीको उपचार गर्दा गाउँघर दुर दराजका बिरामीहरु आत्तिन्छन भन्ने उनको तर्क छ । त्यसैले साधारण बिरामीको उपचार गरेजस्तै साधारण ड्रेस मै उपचार सुरु गर्छन उनि । अनि अवस्था हेरेर बिरामीको सुरक्षाका लागि पीपीइ लगाएर पनि उपचारमा खट्छन उनि ।

दुरदराजमा पैसा तेरेर चिकित्सक सम्म पुग्न नसक्ने हजारौं बिरामीहरु घरमै थालिएका छन् । यसैबेला एक खाइलाग्दो युवा डाक्टर मुस्कुराउदै बिरामीकै घर पुग्दा साक्षात् भगवान नै घरमा पुगे जस्तो मान्छन बिरामी र उनका आफन्त । अझ यसमा उनले दिने हौसला त झन् बिरामीका लागि संजीवनी बुटी नै बनेकोछ ।

192910879_121559189994078_3058854250461087262_n

यत्रो डाक्टर नै घरमा आएर यति राम्रो संग उपचार गर्दा खर्च धेरै लाग्ने हो कि भनेर झस्केका हुन्छन् बिरामी र उनका आफन्त । अन्त्यमा सोध्छन डाक्टर साप फी कति हो ? डाक्टर रोदन मुस्कुराउदै भन्छन केको फी ? यो त मेरो सामाजिक उत्तरदायित्व हो । तपाईहरुलाई कुनै शुल्क लाग्दैन । सबै स्वस्थ भएर बस्नुस तपाइको परिवार खुसि भएर बस्नुस मेरो फी यहि हो ।

बिरामी र उनका आफन्त निकै भावुक हुन्छन । कल्पनै नगरेको कुरा आज घरमा प्राप्त भयो । वास्तवमा यस्तै मान्छे हुन् भगवानको अर्को रुप । गहभरी हर्षाश्रु लिएर बिदाई गर्छन् डाक्टरलाई अनि फर्कदा डाक्टरले आफ्नो सम्पर्क नम्बर दिएर जान्छन । केहि अप्ठ्यारो परे फोन गर्नुस है ! म जतिबेलापनि आउनेछु हजुरकोमा ।

कोरोनाको दोश्रो महामारी सुरु भए देखि झन्डै २०० बिरामीको उपचार गरिसके उनले । संयोग वा सहि उपचार पाएर हो हाल सम्म कुनै बिरामीको दुखद समाचार सुन्नुपरेको छैन उनलाई । बरु निको भएर आउने फोन बढी छन् उनका ।

193197644_177408584312834_2789202375413474045_n

त्यसो त उनि एक स्वास्थ्यकर्मी मात्र होइनन् । उनि एक सामाजिक अभियन्ता पनि हुन् । समाजमा हुने बिकृति , विसंगतिको चिरफार गर्दै समुन्नत समाज निर्माण गर्ने हेतुले उनले आफ्नै नेतृत्वमा उज्यालो बिहानी फाउन्डेसन नामक सामाजिक संस्था पनि संचालन गरेका छन् ।

समाजलाई सत्कर्म तर्फ उजागर गर्ने उनको अभिष्ट हो । उनको यो सत्कर्ममा अहिले दर्जनौं युवा युवती जोडिएका छन् ।

यहि महामारीमा करोडौं भ्रष्टाचार र अनियमितता गर्ने र बिभिन्न स्वास्थ्य सामाग्रीमा कालोबजारी गरेर करोडौं कुम्ल्याउनेहरुको बोलावोला चलिरहेकोबेला लाखौँ खर्च गरेर विदेशमा गइ डाक्टरी शिक्षा पुरा गरि गाउँमा आएर महामारीका बेला गरीब र दीनदुखीहरुको निशुल्क उपचार गर्नु चानचुने कुरा होइन ।

191950034_815535189376509_7598941027486680564_nअतः डाक्टर गिर रोदन महरा एक चिकित्सक र सामाजिक अभियन्ता मात्र होइनन् । उनि त बिरामीहरुका साक्षात् भगवान हुन् भने महामारीका महानायक हुन् । उनको सामाजिक सत्कर्म प्रति मेरो पनि सतत प्रणाम ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com