IMG_20210531_162027

राष्ट्रिय सभा निर्वाचनमा माओवादी – कांग्रेस गठबन्धनका पाण्डे विजयी

दाङ, १७ जेठ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे । विजयी भएको घोषणा भने हुन बाँकी छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसेको थियो ।  बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउपालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेनन् ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com