hepl

पत्रकारको कोभिड सहायता कोषमा बढ्दै सहयोगी हातहरु

इन्द्रेणी संवाददाता
दाङ, २८ बैशाख । नेपाल पत्रकार महासंघ दाङले आफ्नो भवनमा सञ्चालन गरेको आइसोलेसनका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।
आइसोलेसन सञ्चालनका लागि महासंघले स्थापना गरेको कोभिड राहात सहायता कोषका लागि घोराही उपमहानगरपालिका वडा नं. ७ निवासी व्यवसायी लेखराज डाँगीले नगद् १० हजार सहयोग गरेका छन् । व्यवसायी डाँगीले महासंघमै आएर अध्यक्ष दुर्गालाल केसीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

heplयसैगरी बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि घोराहीका सिइओ बालाराम शर्मा र सञ्चालक रसिल थापाले अक्सिमिटर एक, १० लिटर स्यानेटाइजर, १५० थान मास्क र २०० थान ग्लोव्स, लक्की सर्जिकल घोराहीले एक थान अक्सिमिटर र अक्सिजन ग्यास रेगुलेटर सहयोग गरेका छन् । शर्मा र थापाले पनि महासंघमै आएर अध्यक्ष केसीलाई सो सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

त्यस्तै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका वस्नेतले ५ हजार, नेकपा एमाले घोराही कमिटीका अध्यक्ष भुवन चौधरीले १ हजार ५ सय, तुलसीपत्र दैनिकका प्रबन्ध निर्देशक मनुराज शर्माले २ हजार ५ सय, पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य उमा भण्डारीले १ हजार, पत्रकार निशानदाजु भट्टराइले एक हजार सहयोग गरेका छन् ।

त्यसैगरी पत्रकार एवं सामाजिक अभियान्ता देविराम कुसारीले २ हजार ५ सय, गरिमा विकास बैंक घोराहीका म्यानेजर प्रकाश देवकोटाले २ हजार सहयोग गरेका छन् ।

महासंघको कोभिड सहायता कोषका लागि सहयोग गर्ने क्रम जारी रहेको भन्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

महासंघले आफ्नै भवनमा कोरोना संक्रमित पत्रकार लागि अक्सिजनसहितको ६ वेडको आइसोलेसन सञ्चालन गरेको छ । साथै महासंघको कोरोना जोखिम नियन्त्रणका लागि फन्टलाइनरहरुका लागि आसोलेसन सञ्चालन गर्नका लागि भवन उपलव्ध गराउने जनाएको छ । साथै महासंघले सहयोग गर्न इच्छुक सहयोगी हातहरुले नेपाल पत्रकार महासंघ दाङ शाखाको नाममा नेपाल बैंक लि. घोराही शाखामा रहेको खाता न. ०२७०१०००२६८४९७०००००१ मा रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com