gandaki

आज को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ ।

gandakiमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी थिइन् ।

तीन दिनको समयसीमा आज सकिन लाग्दै गर्दा बहुमतको सरकारका लागि गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ । तर मुख्यमन्त्री को बन्ने भन्ने यकिन भएको छैन ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com