likars

कोरोना जोखिम न्यूनिकरण गर्न लिकर्सको ८६ हजार सहयोग

इन्द्रेणी संवाददाता
दाङ, २६ बैशाख । कोभिड नियन्त्रणका लागि राप्ती अञ्चल लिकर्स एशोसियसन दाङले ८६ हजार सहयोग गरेको छ । कोभिड संक्रमण नियन्त्रणका लागि जिल्लामा स्थापना भएका आइसोलेसन र विभिन्न अस्पताललाई गरी ८६ हजार सहयोग गरेको हो ।

likarsजसअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई २५ हजार, तुलसीपुरको आइसोलेसनका लागि २५ हजार लमही कोरोना अस्पताललाई २५ हजार र नेपाल पत्रकार महासंघमा संचालन हुन लागेको आइसोलेसनका लागि ११ हजार सहयोग गरिएको लिकर्स एशोसियसनका अध्यक्ष दामोदर बुढाथोकीले बताए ।

यसैबीच आज एक कार्यक्रमको आयोजना गरी एशोसियसनका उपाध्यक्ष लोकेन्द्र खडका र सल्लाहकार जनक बुढाथोकीले तुलसीपुरस्थित आइसोलेसन निर्माण स्थलमै पुगेर तुलसीपुरमा मेयर घनश्याम पाण्डेलाई २५ हजार नगद हस्तान्त्रण गरिएको छ । त्यस्तै नेपाल पत्रकार महासघको आइसोलेसनका लागि महासघका कोषाध्यक्ष शरद रेग्मीलाई नगद ११ हजार हस्तान्तरण गरिएको थियो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com