murder-hatya_20190412132817

खुँडा प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

इन्द्रेणी संवाददाता
दाङ, २६ बैशाख । दाङमा एक जनाले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गढवा गाउँपालिका २ निवासी ४० वर्षका धनीराम चौधरीले आफ्नै श्रीमती ४३ वर्षिया सीता चौधरीलाई खुँडा प्रहार गरी हत्या गरेका हुन् ।

murder-hatya_20190412132817जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार आपसी बिबादमा धनीरामले श्रीमती सीतामाथि खँुडा प्रहार गरेका थिए । श्रीमानको खुँडा प्रहारबाट गम्भीर घाइते भएकी सीताको उपचारका लागि लमही ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो ।

बिहान पौने १० बजेतिर चौधरीले घरमै खुँडा प्रहार गरी गम्भीर घाइते बनइएको सीताको ११ बजेतिर मृत्यु भएको डिएसपी रिजाले बताए । हत्या गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com