koronana

आज एकैदिन ९१९६ जनामा कोरोना संक्रमण, ५० जनाको मृत्यु

काठमाडौं, २४ बैशाख । पछिल्लो २४ घण्टामा देशभर नौ हजार एक सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुखना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

koronanaयो सङ्ख्या नेपालमा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो । बिहीवार नौ हजार ७० जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन लाख ७७ हजार ६ सय तीन पुगेको छ ।

दिनदिनै ठूलो सङ्ख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा अहिले ७८ हजार ६ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५० कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com