Isolation

पत्रकार महासंघ दाङले पत्रकार र फ्रन्टलाइनरका लागि आइसोलेसन बनाउने

दाङ , २१ बैशाख। नेपाल पत्रकार महासंघ दाङले कोरोना संक्रमित पत्रकार र फ्रन्टलाइनमा काम गर्नेहरुका आइसोलेसन स्थापना गर्ने भएको छ । भर्चअल माध्यमबाट महासंघको सोमबार बसेको बैठकले पत्रकारका लागि तत्काल अक्सिजनसहितका ५ शैय्या तयार गर्ने निर्णय गरेको हो ।

Isolationदैनिकजसो कोरोना संक्रमितहरूको संख्या बढ्दै जाँदा अस्पतालमा शैय्या पाउन कठिन भइरहेकाले पत्रकारलाई सहजरुपमा उपचार गर्ने वातावरण मिलाउन घोराहीस्थित महासंघ दाङशाखाको भवनमा आइसोलेसन स्थापना गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले कोरोना महामारीका समयमा आफ्नो स्वास्थ्य जोखिममा राखेर दिनरात खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका फ्रन्टलाइनरहरूलाई पनि आइसोलेसन अभाव हुन सक्ने भएकाले आवश्यक पर्न बित्तिकै महासंघको भवन आइसोलेसनका लागि उपयोग गर्न दिने निर्णय गरेको छ ।

महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले आइसोलेसन स्थापनाका लागि आबश्यक सामग्री, उपकरण र जनशक्ती व्यवस्थापन गर्न विभिन्न सहयोगी निकायहरूसँग समन्वय गर्ने निर्णय गरेको छ । स्थानीय तह, स्वास्थ्य संस्था, बिभिन्न व्यवसायीक तथा सामाजिक संघसंस्था र व्यक्तीहरूलाई आवश्यक सहयोगका लागि अपिल गरेको महासंघका सचिव आरके शितलले जानकारी दिएका छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com