air

आजदेखि आन्तरिक उडान बन्द

काठमाडौं, २० बैशाख । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको साता बित्नै लाग्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।

airकोभिड–१९ संक्रमण भयावह रूपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म रोक लगाउने निर्णय भएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले २२ वैशाख मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ । हाल, अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउनेले १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com