corona

दाङमा एकैदिन पाँच संक्रमितको मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, २० बैशाख । दाङमा एकैदिन पाँच जना कोरोना संक्रमितको ज्यान गएको छ । आइतवार दाङमा पाँच जना संक्रमितको ज्यान गएको हो । ज्यान गुमाउनेमा घोराहीका ४ जना र तुलसीपुरका १ जना रहेका छन् ।

coronaकोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही र तुलसीपुरका एक÷एक जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ जना र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

१ सय ६२ जनामा कोरोना पुष्टि
यसैबीच आइतवार दाङका १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २ सय जनामा गरिएको स्वाब परिक्षणमा १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानमा गरिएको स्वाब परिक्षण गर्दा सबैभन्दा धेरै घोराहीका ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तुलसीपुरका ५३ जना, लमही र शन्तिनगरका ४÷४ जनामा संक्रमण देखिएको हो ।

यस्तै बबई र दंगिशरणका ३÷३ जना र बंगलाचुली र गढवाका २÷२ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com