dog

गाडीमा मृत फेला परेका तीनै बालकको पहिचान भयो, घटनाको तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली खटियो

इन्द्रेणी संवाददाता
दाङ, १९ बैशाख । तुलसीपुरमा रोकेर राखेको कारमा मृत फेला परेका तीनै जना बालकको पहिचान भएको छ ।

dogमृत फेला पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनीहरु तीनै जना वैशाख १६ गते हराएको परिवारले बताएको प्रहरीले जनाएको छ ।

ती बालक हिजो मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्वर्गद्वारी टोलमा पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट RJ01CC0885 को कारमा मृत फेला परेका थिए । घटना रहस्यमय भएको भन्दै अनुसन्धानका लागि नेपालगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोली आएको छ ।

लामो समयदेखि पार्किङ गरेर राखेको स्थानीय यादव गैरेको भारतीय नम्बर प्लेटको उक्त गाडीमा बालक मृत फेला परेपछि अनुसन्धानका लागि गाडी धनी गैरे र चालक पदम बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com