murder-hatya_20190412132817

ढुंगाले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

इन्द्रेणी संवाददाता
दाङ, १५ बैशाख । दाङमा एक जनाले आफ्नै श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेका छन् ।

murder-hatya_20190412132817तुलसीपुर उपमहानगरपालिका ७ श्रीगैं निवासी २५ वर्षका पदम पोख्रेलले आफ्नो श्रीमती २४ वर्षिया विपना रेग्मी पोख्रेललाई ढुंगाले हानेर हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार मंगलबार राति करिब ८ बजेतिर ढुंगाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

हत्यापछि फरार रहेका श्रीमान पोख्रेलको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । विपनाकी ४ बर्षीया छोरी छन् ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com