school

विद्यालय बन्द गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, ३ बैशाख। संसदीय समितिले बालबालिकाहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै तत्काल विद्यालय बन्द गरेर वैकल्पिक विधिबाट पठन पाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।

private-school-358x300राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरुले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपील र विज्ञहरुको सुझावलाई ध्यानमा राखेर भौतिक उपस्थितिमा हुने सिकाइ बन्द गरी अनलाइन वा वैकल्पिक माध्यमबाट पठनपाठन गराउन समेत समितिले निर्देशन दिएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com