इन्द्रेणी संवाददाता
दाङ, २० चैत्र । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दाङको घोराही–लमही सडक खण्ड अन्तर्गत मसोटको ओरालोमा आज(शुक्रबार) साँझ साढे ५ बजेतिर लु १ क ९८६३ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो ।
दाङको घोराहीबाट झण्डै ३२/३३ जना यात्रु बोकेर लमही तर्फ गइरहेको उक्त बस दाङको मुसोट खिलामा दुर्घटना परेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परि पाँच जना गम्भीर घाइते भएका छन । मृतकहरुको सनाखत हुन सकेको छैन । सांकेतिक तस्वीर प्रयोग गरिएकोछ ।