काठमाडौँ, २० चैत्र । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग आयोजनाको सुरुङ तथा पुल निर्माणको दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरी पुनः प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।
समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिको बिहीबार बसेको बैठकले द्रुतमार्गको दुईवटा प्याकेजको बोलपत्र आह्वानका लागि प्रि–क्वालिफिकेसनको नतिजा निकालिएको मध्ये दोस्रो प्याकेजमा शून्य प्रतिस्पर्धा देखिएको भन्दै दोस्रो प्याकेज रद्द गरी पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया सुरु गर्न निर्देशन दिने निर्णय गरिएको जानकारी दिए ।
उनले द्रुतमार्गको सुरुङ तथा पुल निर्माणका लागि प्रि–क्वालिफिकेसनपछि गरिएको बोलपत्र आह्वानमा छनोट भएका पहिलो प्याकेजमा दुईवटा र दोस्रो प्याकेजमा एउटा मात्रै कम्पनी छनोट भएको अवस्थामा प्रतिस्पर्धा हुन नसक्ने स्थिति पैदा भएको दोस्रो प्याकेज जुन छ त्यसलाई रद्द गरेर पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया सुरु गर्नलाई निर्देशन दिने निर्णय भएको जानकारी दिए गोखापत्रमा खबर छ ।