CDO

कोरोना जोखिम बढेको भन्दै सतर्क रहन नागरिकलाई जिल्ला प्रशासनको आग्रह

इन्द्रेणी संवाददाता
दाङ, १२ चैत्र । कोरोनाको जोखिम फेरि बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय दाङले सतर्कता अपनाउन नागरिकलाई आह्वान गरेको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेको र खुला सिमानाका कारण त्यसको असर जिल्लामा पनि पर्ने सक्ने भन्दै कुनै पनि भीडभाड नगर्न अनुरोध गरेको छ ।

आज एक सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राणाले कोरोनाबाट सतर्क रहन र नजिकै आएको फागु पूर्निमा होलीमा कुनै पनि भीडभाड नगर्न र मेला, भोजभतेर पार्टीमा समावेश नहुन आग्रह गरेका छन् । हिजो मात्रै गृह मन्त्रालयले आम सबैलई कोरोना जोखिमबाट बच्न सबैलाई सर्तकता अपनाउन आग्रह गरेको थियो ।

aaaa

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com