mobadi

नेकपा माओवादी केन्द्र दाङद्वारा पार्टी कार्यालय स्थापना

दाङमा नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी केन्द्र साविककै अवस्थामा पुनस्र्थापित भएपछि माओवादी केन्द्रले छुट्टै पार्टी कार्यालय स्थापना गरेको हो ।

यसअघि साविक एमालेको पार्टी कार्यालय नै नेकपाको पार्टी कार्यालय भएपछि माओवादी पार्टी कार्यालय हटाइएको थियो । अहिले घोराहीको काठेकोलनजिक पार्टी कार्यालय स्थापना गरिएको छ ।

डिभिजन वन कार्यालय, घोराही उपमहानगरपालिका, जिल्ला समन्वय समिति र कृषि विकास बैंक क्षेत्रीय कार्यालयको बीच भागमा पर्ने एक नयाँ घरमा पार्टी कार्यालय स्थापना गरिएको छ ।

सबै स्थानीय तहमा पार्टी कार्यालय स्थापना गरिने नेकपा माओवादी केन्द्र दाङले जनाएको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com