ishwor-pokhrel

सर्वोच्च र निर्वाचन आयोगको निर्णय मान्छौं : उपप्रधानमन्त्री पोख्रेल

चितवन, ११ फागुन । उपप्रधानमन्त्री इश्वर पोख्रेलले सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूहरूका लागि मान्य हुने बताएका छन् ।

ishwor-pokhrelप्रेस संगठन चितवनले मगलवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद विघटन सम्वन्धी मुद्दामा सर्वोच्च अदालतको निर्णय र पार्टीको आधिकारीकता र चुनाव चिन्ह सम्वन्धी निर्वाचन आयोगको निर्णय आफूहरुका लागि मान्य हुने बताए ।

“लोकतन्त्रमा विमति राख्न पाइन्छ तर शक्ति पृथकीकरणको सिद्धान्त अन्र्तगत सर्वोच्च अदालत र निर्वाचन आयोगका निर्णय मान्नु पर्ने बाध्यता छ”, उनले भने।

निर्वाचनमा जाने ताजा जनादेश लिने र जनताले आफ्नो प्रतिनिधि छान्ने अवसर पाएको भन्दै उनले ताजा ननादेशमा जानु कुनै प्रतिगमन नभएको दावी गरे ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com