kp-sharma-oli-pm-press

प्रधानमन्त्रीले किन बोलाए आजै सुरक्षा परिषद् बैठक

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । ओलीले सुरक्षा परिषद्को नियमित बैठक मंगलवार बिहान साढे ९ बजेका लागि बोलाएको उनको निजी सचिवालयले जनाएको छ ।

kp-sharma-oli-pm-pressगम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो बैठक बोलाइने गरिन्छ । आजका लागि आह्वान गरिएको बैठक नियमित बैठक मात्रै भएको रक्षा मन्त्रालयका सचिव एवम् सुरक्षा परिषद्का सदस्य सचिवसमेत रहेका रेश्मीराज पाण्डेले बताए ।

नियमित बैठक भनिए पनि आजको बैठकलाई महत्त्वका साथ हेरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनुले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com