photo Dang

प्रधानमन्त्रीले उद्घाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

इन्द्रेणी संवाददाता
दाङ, १० फागुन । दाङ देउखुरीस्थित राप्ती नदीको पुलको शिलालेख तोडफोड गरिएको छ । माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड गरिएको हो ।

photo Dangनेपालको दोस्रो लामो पक्की सिसहनिया(महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अनावरण समेत गरेका थिए । उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको भएको छ । कसले र किन शिलालेख तोडफोड गर्यो भन्ने बारेमा आधिकारीक खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले शिलालेख तोडफोड गरेको बारेमा अनुसन्धान सुरु भएको बताए ।
पुल महादेवाको क्षेत्रमा बनेको तर, पुलको नाम शिलालेखमा सिसहनिया पुल लेखिएको भन्दै गुनासो आएको थियो । ८६० मिटर लम्बाइ र चौडाइ साढे १० मिटर रहेको उक्त पुल झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको हो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com