इन्द्रेणी संवाददाता
दाङ, ५ फागुन । दाङमा प्रहरीले हजारौंको रिचार्ज कार्ड भोरी गरेको आरोपमा वंगलाचुली ४ श्रीवारीका १८ वर्षिया इन्द्र गिरीलाई पक्राउ गरेको छ ।
कमिरेचौरमा कमला पौडेलले सञ्चालन गरेको दाजुभाइ जनरल स्टोर्सबाट रातिको समयमा सिचार्ज कार्ड चोरी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गिरीले एनसिएर र एनटीसीका गरी ६१ हजार ८५० रुपैयाँ बराबरका रिचार्जकार्ड चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ पछि उन घरमा खानतलास गर्दा ती रिचार्ज कार्ड फेलय परेको समेत प्रहरीले जनाएको छ ।