इन्द्रेणी संवाददाता
दाङ, ४ फागुन । आज देवी सरस्वती पुजा । विभिन्न विद्यालय एवं सरस्वतीका मन्दिरमा पुजाआजा गरेर सरस्वती पुजा मनाइएको छ ।
आजकै दिनलाई अभिभावकहरुले आफ्ना बालबालिकालाई अक्षर सुभराम्भ पनि गराउने गर्दछन् । आजको दिनमा बालबालिकालाई अक्षर सुभराम्भ बनाएर बालबालिकाको स्कूले जीवन शुरुवात गर्ने चलन छ ।
यसैबीच घोराहीस्थित ज्योतिपूञ्ज मोडेल इङ्लिस स्कलले सरस्वती पूजाको अवसर पारेर बालबालिकाहरुलाई सामूहिक अक्षरारम्भ गराउनुका साथै शिक्षाको विकासमा योगदान पू¥याउने सामुदायिक विद्यालयका पाँच जना सेवा निवृत्त प्रधानाध्यापकहरुलाई सम्मान गरेको छ ।
सरस्वती पूजाका दिन आज मंगलवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी घोराही उपमहानगरपालिका वडा नं १ र २ का शिशु कक्षामा आउनसक्ने उमेर समूहका ३५ जना बालबालिकाहरुलाई सेवा निवृत्त प्रधानाध्यापकहरुबाट अक्षरारम्भ गराइएको हो ।