Goli

दाङमा गोलि लागेर एकजनाको मृत्यु

इन्द्रेणी अनलाइन
दाङमा गोलि लागेर एक जनाको मृत्यु भएको छ । गोलि लागेर जिल्लाको गढवा गाउँपालिका २ का ३९ बर्षिया इन्द्रबहादुर राणा थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको गढवा गाउँपालिका, २ चिमचिमे तिलतिले निवासी बर्ष २७ को सुर्य बहादुर राणा थापामगर र उनका दाजु ३९ बर्षीया इन्द्रबहादुर राणा थापा मगर सिकार खेल्न जंगलमा गएका बेला भाइले चलाएको गोलि लागेर दाजु इन्द्रबहादुरको मृत्यु भएको हो ।
सिकार खेल्न जंगल गएको बेला भाइले पड्काएको गोलि लागेर दाजुको मृत्यु भएपछि भाइ सुर्यबहादुर राण थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com