फोटो

व्यक्ति हत्या गरेको आरोपमा तीन जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, १० माघ । दाङ प्रहरीले एक जना व्यक्तिको विभत्स तरिकाले हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका ६ का ४८ वर्षका मनिराम चौधरी, वर्ष ३८ का धनबहादुर चौधरी र ३३ वर्षका मोतिलाल चौधरी रहेका छन् ।

फोटोउनीहरुले माघ ८ गते राप्ती गाउँपालिका ६ कै मोतिलाल चौधरीलाई घरमै आएर लखेटी लखेटी दाउराको चिरपटले हानेर हत्या गरेको खसल्न आएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । हत्या पछि उनीहरुले चौधरीलाई कुलोमा फालेका थिए । घटना भएको २४ घण्टाभित्रै इलाका प्रहरी कार्यालय भालुवाङले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com