136699080_239987627527688_5028611877419099125_n

अनेरास्ववियु दाङ क्षेत्रनं २ को जागरण भेला

इन्द्रेणी संवाददाता 

अनेरास्ववियु दाङ क्षेत्रनं २ को जागरण भेला निरन्तर चलिरहेको छ । जस अन्तरगत शुक्रबार जयसेर मा वि रावत गाउमा जीव बिज्ञान तर्फ पुर्ण यादबको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा मिलन खड्का, सचिबमा लोकेश बुढा, सहसचिव साबित्रा घर्ती कोषाध्यक्षमा बसन्ती गिरी , संगठन बिभाग प्रमुखमा अनिल ओली , महिला बिभाग प्रमुखमा सरस्वती गिरी अनुशासन बिभाग प्रमुखमा दिपक घर्ती मगर रहनु भएको छ ।

त्यसैगरी प्लस टु तर्फ करुणा बुढाथोकी अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा सोनि डांगी , सचिबमा लक्ष्मी बिक , सहसचिबमा एलिस सुनाम , कोषाध्यक्षमा टेकनारायण बिक , संगठन बिभाग प्रमुखमा रमा बुढा , महिला बिभाग प्रमुखमा चादनी दसौदी र खेलकुद बिभाग प्रमुखमा डोमा डिसी रहनु भएको छ ।

अनेरास्ववियुका दाङ जिल्ला कार्यालय सदस्य तथा निर्बाचन क्षेत्र न २ का इन्चार्ज गिर बहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जिल्ला सचिवालय सदस्य सुबर्ण बिसि , जिल्ला सदस्य शिशिर खड्काले प्रशिक्षण मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सदस्य झकेन्द्र परियारले गर्नु भएको थियो ।

यसैगरि माउन्ट भ्यू स्कुल घोराहीमा पनि भेला गरिएको छ । भेलाले हिमाल महराको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा रोशन अधिकारी र उत्तम थापा सचिबमा मन्जु पोख्रेल , सहसचिबहरुमा आयुषा योगि सरोज रिजाल र विप्लप भन्डारी र कोषाध्यक्षमा युवराज गोतामे , संगठन बिभाग प्रमुखमा सोनामी रसाइली खेलकुद बिभाग प्रमुखमा दिपा सुनैना पौडेल शैक्षिक विभाग प्रमुख एन्जिला रिजाल र छात्रा विभाग प्रमुख सुदिक्षा अधिकारी रहनु भएको छ ।

अनेरास्ववियु दाङका  सचिवालय सदस्य हिमाल महराको प्रमुख आतिथ्यतामा भएको भेलामा ,जिल्ला सदस्य सुनिल बुढा , अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस इकाइ कमिटी सदस्यहरु आकाश बिश्वकर्मा, सन्जिव लम्साल र वामदेव सुनारले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमम सन्चालन जिल्ला सदस्य सन्तोष दाहालले गर्नु भएको थियो ।

यसैगरि जलजला प्राबिधिक शिक्षालय घोराहीमा इकाई भेला सम्पन्न भएको छ । भेलाले अमिशा पौडेलको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा युरोब ओली र देबिलाल गिरी, सचिबमा तिलक डांगी , सहसचिबहरुमा निरज खड्का र बालिक भारती , कोषाध्यक्षमा सशिराम खड्का र संगठन बिभाब प्रमुखमा दिपक राज खड्का चयन हुनु भएको छ ।

अनेरास्ववियु दाङका सचिवालय सदस्य डिभाइड शर्माको प्रमुख आतिथ्यता एबल सचिबालय सदस्य खगेन्द्र जिएमको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा अनेरास्ववियू दाङका जिल्ला सदस्य तुफान घर्ती , नेत्री सुशिला घर्ती , गोग्ली टेक्निकल कलेजका अध्यक्ष राजेश खनाल , रझेना टेक्निकल कलेजका नेता केशब रानाले प्रशिक्षण मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण अनेरास्ववियू दाङ्गका जिल्ला सदस्य मनिश पाण्डेले गर्नु भएको थियो ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com