तिर्थराज ज्ञवाली
देउखुरी, २९ पुस । माघ महिनाको लाग्नु एक दिन बाँकै हुँदै थारु समुदायमा माघी वर्षको रमझम शुरु भएको छ । यो समुदायको मुख्य वर्षको रुपमा रहेको माघी पर्वलाई भव्य बनाउनका लागि तयारीमा जुटेका छन् ।
यसैबीच राप्ती गाउँपालिकामा माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । हिन्दुहरुको महान पर्व माघे संक्रान्ति तथा थारु समुदायमा मानिने माघी पर्वको अवसरमा गाउँपालिकाको कार्यलयको तर्फवाट सम्पुर्णमा शुभकामना प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
राप्ती गाउँपालिका वडा नं ७ तथा शुगन्ध युवा क्लवले ब्यवस्थापन गरेको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा थारु संस्कृति झल्कने नाच, गीत, खानाका परिकार प्रस्तुत गरिएको थियो ।
सामाजिक विकास समिति संयोजक एवं वडा नं ७ का अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुपवेदीको अध्यक्षतामा भएको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा राष्टिय कलाकारहरुले थारु गीत संगीत समेत प्रस्तुत गर्नु भएको थियो ।
स्थानीय गीत संगीतको रक्षा तथा कला संस्कृतिको संरक्षण गर्दै आगामी पुस्तामा संस्कार हस्तान्तरण गर्नका लागि सहयोग पुराउने उदेश्यका साथ कार्यक्रममा पुराना थारु संस्कृति झल्कने भेस भुसा तथा गीत संगित प्रस्तुत गरिएको थियो ।
बड्का नाच, झुम्म्रा नाच, लट्ठीहवा नाच, धमार गीत, सोगिंया गीत प्रस्तुत गर्दै माघ महिनाको सास्कृतिक महत्व तथा थारु संस्कार सभ्यता झल्कने प्रस्तुति देखाइएको थियो ।र्नु भएको थियो ।