Untitled-1 copy

दाङमा ब्राउन सुगरसहित एक जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २८ पुस । दाङमा प्रहरीले एक जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

Untitled-1 copyजिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही १५ झिगौरास्थित झगबहादुर चौधरीको घरमा डेरा गर्दै आएका प्रकाश गिरीसँग लागुऔषधको कारोवार गर्दै गर्दा बुद्धिग्यारेजस्थित शुभकामना टोलका सन्तोष वलीलाई १० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

वलीले गिरीसँग ब्राउनसुगरको कारोवार गर्दै गरेको गोप्पे सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कारोवारको क्रममा तत्काल वलीलाई ३ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएपनि उनी वस्दै आएको नजिकैको कोठामा खान्तलास लिदा थप ७ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनीबाट एक थान तौल मापन गर्ने डिजिटल मेसिन, लागुऔषध ओसारपसार गर्न प्रयोग गर्ने गरेको रा ६ प २५२७ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । साथै वलीको कोठाबाट २४ हजार नगद पनि वरामत भएको छ ।

पुस २६ गते दिउँसो ४ बजेतिर पक्राउ गरिएका वलीलाई आज जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीले घोराही १७ कटुवाखोलास्थित प्लानिङ क्षेत्रको खुल्ला चौरमा वसिरहेका केटाहरुबाट मोवाइत, क्यामरालगायतका सामानहरु लुटनेलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com