One

नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

हापुरे, २७, पुस । आयुर्बेद चिकित्सा पद्धति मार्फत् उपचार गर्न बबई गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । बबई गाउँपालिका वडा नम्बर ६ कौशिलापुरमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको हो ।

Oneयसअघि बबई गाउँपालिमा संघीय सरकारको सहयोगमा १५ शैय्याको अस्पताल हंसपुरमा मंसिर १५ गते शिलन्याश गरिएको छ । त्यसैगरी हापुरेमा प्रदेश सरकारको सहयोगमा बिशेषज्ञ स्वास्थ्य सेवासहितको अस्पताल निर्माणको तयारी भएको छ ।

त्यस्तै कौशिलापुरमा प्रदेश सरकारको सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । राप्ती आयुर्बेद चिकित्सालय तुलसीपुरका प्रमुख डा. मदनकुमार बिसीको अध्यक्षतामा केन्द्रको उद्घाटन गरिएको हो ।

अस्पतालको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले चिकित्सा पद्धति मार्फत् उपचारको थालनी गरेकोमा खुशी ब्यक्त गरे । संघीय र प्रदेश सरकारले अस्पताल निर्माण तथा सञ्चालनका लागि प्रयास गरेको भन्दै सेवा केन्द्र मार्फत् नागरिकले फाइदा लिनुपर्ने बताए ।

आरोग्य सेवा केन्द्रमा दुई कबिराज र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । केन्द्र मार्फत् ४० प्रकारका औषधी बितरण गर्ने ब्यबस्था मिलाइएको छ ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com