तिर्थराज ज्ञवाली
देउखुरी, २७ पुस । लागुपदार्थ दुर्वेशन त्यागौ खेलकुदमा लागौ भन्ने अभिप्रायका साथ राप्ती गाउँपालिका वडा नं ६ मा खेलकुद प्रतियोगीता सुरु भएको छ ।
वडा कार्यालयको यस आर्थिक वर्षको बार्षिक कार्यक्रम अनुसार माघी पर्बको आगमनको अवसरमा खेलकुद प्रतियोगीताको आयोजना गरिएको वडा सचिव मंगलप्रसाद चौधरीले जानकारी दिए ।
विगतको वर्ष जस्तै पुरुष तथा महिला भलिवल तथा फुटवल प्रतियोगीताको आयोजना गरी नयाँ खेलाडीको उत्पादन तथा क्षमता पहिचानको लागि वडाले प्रतियोगीता को आयोजना गर्दै आएको वडा अध्यक्ष बेद प्रसाद चौधरीले बताए ।
सोमवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीले खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै खेलकुदमा लाग्ने सम्पुर्ण खेलाडि, दर्शक खेलप्रति ब्यस्त भएमा दुर्बेशनमा लाग्ने संभावना कमहुने र शारिरीक स्र्फुतिका कारण रोगबाट समेत बच्न सक्ने सम्भावना बढिहुने बताए ।
वडा नं ६ को बगरापुर, सगरापुर, भगवानपुर, पत्थरगढवा र मझेरियाँ गाउँका १५ खेल समुहको सहभागी छन् ।