received_2817196195207836

महराको राजनीतिक पुनरागमनपछि चिनियाँ राजदूत सँग भेटघाट

इन्द्रेणी संवाददाता
काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराको राजनीति पुनरागमन भए लगतै नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी संग महत्त्वपूर्ण भेटघाट भएको छ ।

नेपाल कमन्युष्ट पार्टी (नेकपा) बिभाजन भएपछि राजनीतिमा उदाएका महरा संग राजदुत यान्छीले शुक्रबार महरा निवास खुमलटार पुगेर समसामयिक बिषयमा छलफल गरेकी हुन ।

वर्तमान प्रधानमन्त्रीले एकलौटी रुपमा संसद विघटनपछि दुई भागमा विभाजित भएको नेकपा भित्र राजनीतिक सरगर्मी बढिरहेकाबेला चिनियाँ कमन्युष्ट पार्टी संग नजिक देखिने महरालाइ गरेको भेटघाटलाई अर्थपूर्ण रुपमा ल्याइएको छ ।

यश अघि नेकपाको विवाद मिलाउन पटक पटक भूमिका खेलेकी राजदुत यान्छीले नेकपाको पुनः एकता र त्यसका लागि महराको पहलका बारेमा जिज्ञासा राखेकी थिइन् ।

जवाफमा महराले आफू अझै पनि पार्टी एकता कै पक्षमा रहेको र अझै एकताका लागि आफुले पहल गर्ने बताएका थिए ।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com