इन्द्रेणी संवाददाता
काठमाडौं । नेकपा प्रचण्ड-माधव नेपाल समूहले कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ ।
आज बसेको सो समूहको बैठकले स्थायी कमिटी सदस्यमा महराको नाम अनुमोदन गरेको हो ।
यसअघि बसेको सो समूहको स्थायी समितिको बैठकले स्थायी कमिटी सदस्यमा महराको नाम अनुमोदनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको प्रस्ताव अनुमोदन भएको हो ।