pm kp oli

शीतलनिवासबाट फर्किए ओली

काठमाडौं, ५ पुस । संसद विगटनको प्रस्ताव बोकेर शितल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली फर्किएका छन् । ओलीले आज विहान आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएर संसद विघटनको निर्णय गराएका थिए ।

pm kp oliप्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार प्रधानमन्त्री ओली भर्खर शीतलनिवासबाट बालुवाटार फर्किएका छन् ।
उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जम्मा भएर प्रधानमन्त्रीको पछिल्लो कदमप्रति छलफलमा बसेका छन् ।

छलफलमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतको सहभागिता छ । नेकपाले आज १ बजेका लागि यी कमिटी बैठक बोलाएको छ । तर बैठक बस्ने नबस्ने भने अन्येलमा छ । यसअघि बिहान बालुवाटार पुग्नुभएका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीलाई नभेटेरै फर्किएका थिए ।

About indreni Newsdesk

Social Media Auto Publish Powered By : XYZScripts.com